
सल्यान, ४ कात्तिक ।
गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा तुलसीपुर कारागारबाट फरार रहेका एक जना कैदीलाई सल्यान प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनका क्रममा तुलसीपुर कारागारबाट भागेका सल्यान बागचौर नगरपालिका ८ गैरीगाउँका २२ वर्षीय मिलन बस्नेतलाई घरमै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
बस्नेतलार्ई दुई दिनअघि पक्राउ गरेको गरिएको सल्यानका प्रहरी प्रमुख डीएसपी हेमबहादुर केसीले जानकारी दिनुभयो । बस्नेत जर्बजस्ती करणी अभियोगमा सजाय भोग्दै आएका थिए ।
कारागारबाट फरार बस्नेतलाई सम्बन्धित कार्यालयमा बुझाइएको डीएसपी केसीले जानकारी दिनुभयो । यस्तै प्रहरीले कास्की कारागारबाट फरार भएका सल्यान कपुरकोट गाउँपालिका– ३ लामीडाँडाका ३६ वर्षीय रोम सिजाली मगरलाई घरमै लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनी पनि जर्बजस्ती करणी अभियोगमा सजाय भोग्दै आएका थिए ।
दुई महिनायता विभिन्न आपराधिक काममा संलग्न भइ फरार रहेका अन्य ५२ जना प्रतिवादीलाई समेत पक्राउ गरिएको डीएसपी केसीले बताउनुभयो ।



लाइभदाङ । ५ कार्तिक २०८२, मंगलवार २०:०६ बजे