शान्तिनगरमा मोटरसाइकल र मिक्चर ट्याक्टर ठोक्किँदा ३ जना घाइते

शान्तिनगर, २ कात्तिक ।
दाङको शान्तिनगर गाउँपालिका–७ खैरेनीमा मोटरसाइकल र मिक्चर बोकेको ट्याक्टर आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। घाईते हुनेमा बबई–६ का शंकर शाह, जगत चौधरी र लाहानु चौधरी रहेका छन्।

रा २ प ४८५९ नम्बरको मोटरसाइकल र रा १ त २५६२ नम्बरको मिक्चर बोकेको ट्याक्टर आपसमा ठोक्किएका हुन्। मिक्चरलाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।


घाइतेमध्ये जगत चौधरीको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ भने शंकर शाहको उपचार साहारा पोलिक्लिनिकमा भइरहेको बबई–६ का पूर्व अध्यक्ष रामबहादुर डाँगीले जानकारी दिएका छन्। यस्तै लाहानु चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि डिस्चार्ज गरिएको छ।