
तुलसीपुर, ३० असोज ।
दाङमा जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा तुलसीपुर–६ का ४८ बर्षीय सुरेन्द्र हमाल, तुलसीपुर–९ का ४५ बर्षीय गुम बहादुर चलाउने, सोही ठाउँका ५० बर्षीय बिर बहादुर बस्याल, घोराही–१४ का ५० बर्षीय बिष्णु गुप्ता, घोराही–१५ का ३९ बर्षीय खिम बहादुर डाँगी, सोही ठाउँका ३१ बर्षीय पंकज न्यौपाने, घोराही–१३ का ३३ बर्षीय सुर्य बोहरा, सोही ठाउँका ३१ बर्षीय आकाश लम्साल, घोराही–११ का २७ बर्षीय गोबिन्द डाँगी, घोराही–१७ का ३१ बर्षीय रजनिस चौधरी र घोराही–३ का २० बर्षीय सुरज पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार गएराती करिब १ बजेको समयमा घोराही उपमहानगरपालिका–१५ शहिद गेट नजिक रहेको होटल सुपर लजको कोठा नम्बर १०३ मा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट एक लाख ८८ हजार ८ सय २० रुपैयाँ नगद र जुवा खेल्न प्रयोग गरिएको ११ गड्डी तास बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय दाङबाट ७ दिनको म्याद थप गरी उनीहरुमाथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



लाइभदाङ । ३० आश्विन २०८२, बिहीबार २०:४९ बजे