एनप्याव्सन हाजिरी जवाफको उपाधी जनप्रियलाई

तुलसीपुर
११ मंसिर / एनप्याव्सन दाङले आयोजना गरेको जिल्ला स्तरिय हाजिरि जवाफ प्रतियोगिताको उपाधि जनप्रिय ईगलिश स्कुलले हात पारेको छ । राप्ती बाल एकेडेमि तुलसिपुरमा आयोजना गरिएको जिल्ला स्तरिय हाजिरि जवाफ प्रतियोगितामा जनप्रिय ईगलिश स्कुललले प्रथम स्थान हाँसिल गरेको छ । त्यसैगरि प्रतियोगितामा अमृत एकाडेमी दोस्रो, हाईलाईट ईगलिश वोर्डिङ स्कुल तेस्रो र मिडवेष्ट प्वाइन्ट एकाडेमीले सान्त्वना स्थान हासिल गरेका छन ।


प्रतियोगिताका प्रथम, द्धितिय,तृतिय र सान्त्वना हुने विद्यालयहरुले ट्रफि सहित प्रमाण पत्र र सहभागी विद्यार्थीहरुले नगद सहित प्रमाण पत्र प्राप्त गरेका छन् । एनप्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षता तथा लुम्बिनी प्रदेस संयोजक सुवोध कुमार डाँगीको प्रमुख आतित्थ्यतामा भएको थियो । सो अवसरमा वक्ताहरुले वालवालिकाहरुलाई कितावी ज्ञान मात्र नभई अन्य अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउनु पर्नेमा जोड दिएका थिए । साथै उनीहरुले कोरोना पछि जनजिवन सामान्य वन्दै गएको भन्दै अवका दिनका अतिरिक्त क्रियाकलापमा जोड दिन सुझाव दिएका थिए । सो अवसरमा सचिव ठाकुर डाँगी, सहसचिव विक्रान्त ज्ञवालीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको सहजीकरण मेट्रो कलेजका प्राध्यापक छवि वलिले गरेका थिए ।