यात्रुबहाक बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु

दाङ
२६ पुस / दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु भएको छ । सोमबार विहान साढे ३ बजेति लमही– भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ५ सिसहनियाँको दालाई खोला नजिक बस दुर्घटना हुँदा भारतको मोतीहार बस्ने असिर आलकका छोरा नानु आलमको मत्यु भएको छ ।

विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा गम्भीर घाइते भएका ति शिशुको उपचारकालागि कोहलपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । अन्य ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।


घाइते हुनेहरुमा पर्सा विरगञ्ज उपमहानगरपालिका १६ निवासी ३५ बर्षीय रतन शाही, रौतहट पुर्वाह गाउँपालिका ६ बस्ने ३४ बर्षीय रामविनायक कुर्मी , भारत विहार बस्ने ४० बर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत छिन्चु नगरपालिका ९ बस्ने १७ बर्षीय दिलबहादुर क्षेत्री रहेका छन् । त्यस्तै बर्दियाको गेरुवा गाउँपालिका १ बस्ने ३८ बर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका १८ निवासी ३५ बर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका ७ बस्ने ४५ बर्षीया धनबहादुर रावत र सोही ठाउँ बस्ने ५२ बर्षीय गोरख रावत सामान्य घाइते भएका छन् ।

घाइते सवैको लमही अस्पतालमा उपचार पछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ । बसमा २० जना यात्रु सवार थिए । बस अनियन्त्रित भएर सडक भन्दा २० मिटर तल पल्टिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।