दाङका मालपोतले श्रेष्ता कायम गर्न थाले

दाङ, २७ असोज ।
दाङका मालपोत कार्यालयहरुले जलेका श्रेष्ता कायम गर्न थालेका छन् । मालपोत कार्यालय तुलसीपुर र घोराहीले जलेका श्रेष्ता कायम गर्न सूचना जारी गरेका छन् । जेनजी आन्दोलनका क्रममा श्रेष्ता जलेकाले ति मोठहरु कायम गर्न थालेका हुन् ।

मालपोत कार्यालय तुलसीपुरका सूचना अधिकारी शान्तराज गौतमका अनुसार जग्गा धनीसंग भएको सकल जग्गा धनी पुर्जा र प्रतिलिपि, नेपाली नागरिकताको सकल प्रमाणपत्र र प्रतिलिपि, चालुु आर्थिक बर्षको मालपोत बुझाएको रसिद सकल र प्रतिलिपि तथा जग्गा रोक्का भएमा राख्ने निकायको सहमति ल्याउनु पर्छ । जग्गा धनीसंग भएको सकल जग्गाधनी पुर्जा र एलआरएमआईसमा भएको अभिलेख भिडेमा प्रणालीबाट त्यस्तो जग्गाको श्रेष्ताको प्रिन्ट गरि प्रमाणित गरि नयाँ श्रेष्ता कायम गरिने सूचना अधिकारी गौतमले बताउनुभयो ।


उहाँका अनुसार यदि त्यसमा फरक पर्न गएमा डिएमएसमा भएको अभिलेखसंग भिडान गर्ने र अभिलेख भिडेको अबस्थामा एलआरएमआईएसमा विवरण अद्याबधिक गरी त्यस्तो जग्गाको श्रेष्ता प्रिन्ट गरि प्रमाणित गरी नयाँ श्रेष्ता कायम गर्ने तथा यी दुबैमा नभिडेमा तामेलीमा रहेको अभिलेख भिडेको अबस्थामा एलआरएमआईएस मा विवरण अद्याबधिक गरी त्यस्तो जग्गाको श्रेष्ता प्रिन्ट गरि प्रमाणित गरि नयाँ श्रेष्ता कायम गर्ने गरि सूचना जारी गरिएको छ ।

यी कुनै पनि कार्यले श्रेष्ता कायम हुन नसकेमा मुद्दा फाँटबाट हुने काम कारवाही कार्यालयको भौतिक संरचना ब्यबस्थापन भएमा मात्रै काम हुने सूचना अधिकारी गौतमले बताउनुभयो ।