
दाङ, ७ असोज । जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक जना कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार नाबालिग बलात्कार मुद्दामा सजाय भोगिरहेका तिलक थापा पक्राउ परेका हुन् । उनलाई तुलसीपुर–२ स्थित फुपू नाता पर्ने मेनका योगीको घरबाट पक्राउ गरिएको हो ।
थापा केही समयअघि आन्दोलनको भीड व्यवस्थापनको मौका छोपेर कारागारबाट फरार भएका थिए । फरार भएको लामो समयपछि प्रहरीले दाङमा विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका थापालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरी पुनः कारागार पठाइने प्रहरीले जनाएको छ ।



लाइभदाङ । ७ आश्विन २०८२, मंगलवार २१:०६ बजे