
तुलसीपुर,४ भदौ । दाङको तुलसीपुरबाट सडक मानव उद्दार गरिएको छ ।
उपमहानगरपालिकालाई सडक मानव मुक्त बनाउने अभियान अन्तर्गत प्रत्येक शनिबार सडक मानव उद्दार गर्ने गरिएको छ । सोही अनुसार शनिबार तुलसीपुरबाट चारजना सडक मानवलाई उद्दार गरिएको छ ।
मानव सेवा आश्रम तुलसीपुर शाखाका प्रमुख हिरु जोशीका अनुसार बसपार्क क्षेत्रबाट चारजना सडक मानवलाई उद्दार गरिएको हो । तुलसीपुर उपमहानरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख माया श्रेष्ठ, इलाका प्रहरी कार्यालय तुलसीपुरसहित सरोकारवालाको सहभागितामा सडक मानव उद्दार गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाले लगतै सडक मानवमुक्त उपमहानगरपालिका घोषणा गर्ने तयारी गरेको हो । हाल मानव सेवा आश्रम तुलसीपुरमा ७४ जना सडक मानव छन् । उनीहरुलाई उद्दार गरेर उपचार पछि परिवारमा पुनसर््थापना गर्ने गरिएको छ ।



लाइभदाङ । ५ आश्विन २०८२, आईतवार ०९:३४ बजे