दाङ, ८ माघ ।
प्रथम दंगीशरण कृषि पर्यटन तथा ब्यापारीक महोत्सव २०८१ को नौ दिन माघ ८ गते आज दोहोरी गायिका टीका सानु र लोक दोहोरी गायक कृष्ण रेउले, गायक सागर वलि दाङ आउने भएका छन् ।
स्थानिय स्तरमा पर्यटन प्रबन्धन संगै कला संस्कृतिलाई जगेर्ना गर्ने मुल उद्देश्यले आयोजना गगरीएको १५ दिनसम्म चल्ने उक्त महोत्सवमा आज चर्चित राष्ट्रिय कलाकार सानू र रेउले संगै अन्य कलाकारहरु दंगीशरण महोत्सवमा आउन लागेको महोत्सवका संयोजक अजय बुढाथोकीले जानकारी दिएका हुन् । यस्तै माघ ९ गते भोलि सुपर स्टार नायक पहल शाह आउने समेत आयोजकले बताएको छ ।
१५ दिन्न सम्म चल्ने उक्त महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय स्तरमा ख्यातिप्राप्त कलाकार हरुले आफ्नो बेजोड प्रस्तुति दिँदै आइरहेका छन् । भने चर्खे पिङ, बाल उधान, डुङ्गा ,स्थानिय तथा अन्य ठाउँमा उत्पादित वस्तुहरु सहितको स्टलहरु रहेका र मेलामा प्रबेश शुल्क १०० एक सय रुपैयाँ लाग्ने , मुलआयोजक समितिले बताएको छ ।
यस्तै स्थानीय स्तरमा संचालन हुन लागेको प्रथम महोत्सव सफल पार्न सवै जनाले आ–आफ्नो ठाउँबाट सहयोग पुर्याइदिन महोत्सव मुल आयोजक समितीले सवैमा आग्रह गरेकोछ ।
लाइभदाङ । ८ माघ २०८१, मंगलवार ०९:१९ बजे