
तुलसीपुर, ३ असोज ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले भोलि असोज ४ गते शनिबार विद्युत आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ।
प्राधिकरणका अनुसार तुलसीपुर उप–महानगरपालिकाका सम्पूर्ण स्थानहरू तथा दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकाका आंशिक स्थानहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुनेछ।
उक्त समयमा ३३ के.भी. लाइन वरपर रहेका रुखका हाँगा तथा रुख काट्ने कामसहित सबस्टेशन मर्मत हुने भएकाले विद्युत आपूर्ति बन्द गर्नुपर्ने प्राधिकरणले जनाएको छ।




लाइभदाङ । ३ आश्विन २०८२, शुक्रबार २२:३२ बजे