दाङमा आगलागी हुँदा एक जनाको मृत्यु

दाङ,७ बैशाख । दाङमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको प्रहरीले जानकारी दिएको छ । बोटेको गोठमा गएराति लागेको आगो फैलिएर घरसम्म पुगेको थियो ।

घरमा आगो लागेपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पस्नुभएको थियो । त्यहीबेला आगोले जलेको प्रहरीको भनाई छ । आगोले वीरबहादुरको घर गोठ तथा उहाँका भतिजा हुकुमबहादुर बोटेको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानियबासिन्दाको पहलमा आगो निभाइएको थियो ।