
दाङ, २७ भदौ ।
कारागारबाट भागेका सात जना कैदीलाई प्रहरीले दाङको अर्जुनखोलाबाट नियन्त्रणमा लिएको छ ।
हिजो भदौ २६ गते बिहिवार ६ जना र आज भदौ २७ गते बिहान १ गरि ७ जना कैदी प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिनु भएको छ ।
बाल सुधार गृह बाँके नौबस्ता बाट ५ जना र दाङको तुलसीपुर कारागारबाट २ गरि ७ जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यी कैदी भदौ २४ गते दिउँसो ४ बजेतिर भागेका हुन ।



लाइभदाङ । २७ भाद्र २०८२, शुक्रबार १३:१५ बजे