
तुलसीपुर, २६ भदौ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले सरकारी संरचनालाई संरचनालाई ध्वस्त पार्नु गलत भएको बताएका छन् । जनप्रतिनिधि भनेको निर्वाचनबाट आउने भएपनि अस्थायी हुने भन्दै कार्यालयहरु स्थायी संरचना भएकाले तिनलाई नजोगाउँदा मुलुक झनै पछि पर्ने उनको भनाई छ ।
“ आज जनताको सम्पति जलाइएको छ। संसद भवन, बैक, सरकारी कार्यालय, अदालतहरु, स्थानीय पालिकाहरु जलाएर शान्ति र रोजगार खोज्ने प्रयन्त भैरहेको छ”,उनले भने“ कानुनी राज्य भत्काउने, अपराधीहरु छुटाउने, बैक ठगहरुलाई उन्मुक्ति दिदै कारागार खाली गर्ने, अराजकता लुटपाट र आगजनीको संस्कृतिबाट लोकतन्त्र सुदृढ हुनै सक्दैन ।”
एक्काइसौ शाताब्दिमा प्राबिधिको युगमा पनि आतंकको साहाराबाट सत्ता प्राप्त गर्ने कल्पनाले केवल प्रतिशोध साध्ने कार्य मात्रै हुने उनको भनाई छ । उनले यो रोमान्टिक प्रदर्शन गर्ने रहर पूरा भएको बताए ।
तर खरानी भएका राज्यका संरचनाहरु पुनर्निमाण गर्ने कठिनाई रहेको उनको भनाई छ ।“अहिले जनतालाई सेबा दिने ठाउँ नै छैन ? कहाँ बसेर सेवा दिने ?”,उनले भने“जनताले भोट दिएर विजयी भएका जनप्रतिनिधिहरु त अस्थायी हुन्, उनीलाई मन नपर्दा शान्तिपुर्ण तवर बाटै भोट बाट बहिस्कृत हुन्छन ।”
जनप्रतिनिधिको सार्वजनिक पदाबधी अस्थायी भएको भन्दै पदमा बसेर सेवा दिदा सबैको न्याय नहुनसक्ने बताए । त्यसमा सबैले न्याय पाउने ब्यबस्था पनि कहि नहुँने भन्दै यसैको आधारमा टेकेर प्रतिशोधबाट शासन संन्चालन गर्ने दृढता नदेखाउनु नै बेश हुने समेत उनले बताए ।
उनले सबै प्रकारका प्रतिशोध र बिध्वंसकारी गतिबिधि रोक्न समेत आह्वान गरेका छन् । राष्ट्रिय एकता शान्ति सद्भाव अमन चयन कायम गरि मुलकमा लोकतान्त्रिक सत्ता संचालन गर्न बार्ता संवाद र सहकार्य नै मुलुकको अपरिहार्य नीति रहेको समेत उनको भनाई छ ।



लाइभदाङ । २६ भाद्र २०८२, बिहीबार १४:०० बजे