शान्तिनगर कप भलिबल प्रतियोगिता हुँदै

तुलसीपुर
१४ भदौ / दाङको शान्तिनगरमा खुल्ला भलिबल कप प्रतियोगिता हुँदैछ । स्थानीय युवाको आयोजनामा शान्तिनगर ७ स्थित धनौरी स्कुलमा उक्त कप हुन लागेको हो ।

यही भदौ २३ गतेदेखि २५ गतेसम्म उक्त प्रतियोगिता हुने ब्यबस्थापक सम्राट भण्डारीले बताए । उनका अनुसार प्रथम पुरस्कार ५० हजार र द्धितिय पुरस्कार २० हजार रहेको छ । उनले सहभागिताकालागि सबैमा अनुरोध समेत गरेका छन् ।


‘स्वास्थ्यकालागि खेल, राष्ट्रकालागि खेल’ भन्ने नारालाई सार्थक बनाउन आफैले खेलको आयोजना गरेको उनले बताए । खेल स्वास्थ्इकालागि अपरिहार्य रहेको भन्दै त्यसलाई प्रोत्साहन गर्न खेलको आयोजना गरिएको हो ।