
फाईल फोटो
झग्गु पाण्डे
दाङ, २३ भदौ । दाङमा खोलाले बगाउँदा एक ब्यक्तीको मृत्यु भएको छ ।
घरबाट खेतमा पानी हाल्न गएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १ अबिधारा निवासी ५८ बर्षीय रामबहादुर वलीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पाईपबाट खेतमा पानी लैजानकालागि खोला पुगेका वलीको भमके खोलाले बगाएको हो ।
आईतबार ४ बजेतिर वलीलाई खोलाले बगाएको प्रहरीले बताएको छ । उनको शव सोमबार विहान ९ बजे १ किलोमिटर तल भेटिएको थियो ।



लाइभदाङ । २३ भाद्र २०८२, सोमबार १४:३२ बजे