
दाङ, १८ भदौ ।
घोराही उपमहानगरपालिका–८ का तत्कालीन वडा अध्यक्ष जितेन्द्र शाहले पद पुनर्वहालीको माग गर्दै दिएको रिटमाथि अन्तरिम आदेश दिने वा नदिनेबारे आज उच्च अदालत तुलसीपुरमा छलफल हुने भएको छ ।
शाहको रिटमाथि गत आईतबार सुनुवाइ गर्दै मुख्य न्यायाधीश राजेश्वर तिवारीले आदेश दिदै अन्तरिम आदेश दिने वा नदिने बारे छलफल गर्न भदौ १८ गते पेशी तोकेका हुन । । उनले अन्तरिम आदेश जारी हुने वा नहुनेमा दुवै पक्षबीच छलफल गर्न आजलाई पेशी तोकेका छन् । यसअघि अन्तरिम आदेश जारी गर्न नपर्ने कारण र प्रमाण सरकारी वकिल कार्यालय मार्फत १५ दिनभित्र पेश गर्न घोराही उपमहानगरपालिकाका नाममा आदेश जारी भएको थियो ।
शाहले २०८० असार १२ गते नगर प्रमुख नरुलाल चौधरीलाई पदबाट राजीनामा बुझाएका थिए । त्यसको दुई वर्ष पछि भदौ २ गते उक्त राजीनामा स्वीकृत भएको हो । अन्यायपुर्बक पदबाट हटाईएको भन्दै मेयर नरुलाल चौधरी, उप मेयर हुमा डिसिसहित सिङ्गो कार्यपालीकालाई नै बिपक्षि बनाएर शाहले गत शुक्रबार अदालतमा रिट हालेका थिए ।



लाइभदाङ । १८ भाद्र २०८२, बुधबार १०:४९ बजे