आज बुधबार तपाईको राशिफल

मिति २०८२ भदौ १८ गते ।

मेष – अध्यापन, अध्ययन र सृजनात्मक कार्यमा प्रगति हुनेछ। पारिवारिक आत्मीयता बढ्ने समय छ। हतार गर्दा लाभ घट्न सक्छ।
वृष – दाम्पत्य सम्बन्धमा स्नेह बढ्नेछ। व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ। खर्च पनि बढ्ने योग देखिन्छ।
मिथुन – प्रयास गरेका कार्य पुरा हुनेछन्। स्वास्थ्यमा सुधार आउने सम्भावना छ। तर वाणीमा संयमता आवश्यक हुनेछ।
कर्कट – प्रेम र मित्रतामा आत्मीयता बढ्नेछ। आर्थिक लाभको सम्भावना छ। तर अनावश्यक विवादमा पर्नु हानिकारक हुनेछ।
सिंह – घर–परिवारमा खुसीको वातावरण रहनेछ। जग्गा–जमिन सम्बन्धी काममा लाभ हुनेछ। मानसम्मान बढ्ने योग छ।
कन्या – छोटो दूरीको भ्रमण हुनेछ। भाइ–बहिनीको सहयोग पाइनेछ। मनमा नयाँ विचार आउने समय हो।
तुला – आर्थिक लाभ बढ्ने समय छ। कामप्रति आत्मविश्वास बढ्नेछ। तर अनावश्यक खर्च र स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ।
वृश्चिक – आज तपाईंको व्यक्तित्वमा आकर्षण बढ्नेछ। महत्वपूर्ण निर्णय लिन सकिने समय छ। प्रेम सम्बन्धमा प्रगति हुनेछ।
धनु – केही पुराना समस्याबाट राहत मिल्नेछ। आध्यात्मिक कार्यतर्फ आकर्षण बढ्ने समय हो। आत्मविश्वासमा कमी आउन सक्छ।
मकर – मित्रजनसँगको भेटघाट लाभदायी हुनेछ। सामूहिक कार्यमा सफलता मिल्नेछ। तर अनावश्यक विवाद टार्नुपर्छ।
कुम्भ – पद प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। उच्च व्यक्तिको सहयोग पाइनेछ।
मीन – धार्मिक कार्यमा मन जानेछ। टाढाको स्थान वा विदेशसँग सम्बन्धित कार्यमा प्रगति हुनेछ। नयाँ अवसर प्राप्त हुने योग छ।


माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799