
तुलसीपुर,१७ भदौ । दाङको तुलसीपुरमा किमाया रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । रेष्टुरेन्टको नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीले सोमबार रेष्टुरेन्टको उद्घाटन गरेका हुन् ।
रुकुम पश्चिम मुसिकोट १२ जमारु निवासी सेर बहादुर वलीले उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । उनी ७ बर्ष विदेश बसेर फर्केपछि ब्यबसाय सुरु गरेका हुन् । त्यस अवसरमा प्रमुख अतिथि केसीले युवाहरु यसरी आफ्नै ठाउँमा स्वरोजगार हुनुपर्ने बताए ।
त्यस्तै उद्योग ब्यापार महासंघ तुलसीपुर उपमहानगर कमिटि उपाध्यक्ष मिना कुमारी केसीले विदेशको कमाईलाई स्वदेशमै लगानी गर्नुपर्ने बताईन् । करिब १४ लाखको लागतमा रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।



लाइभदाङ । १७ भाद्र २०८२, मंगलवार ११:४६ बजे