
तुलसीपुर, १५ भदौ ।
लायन्स क्लब अफ तुलसीपुर ईशानले समाजसेवामा सक्रिय भूमिकालाई निरन्तरता दिँदै शनिबार राप्ती शान्ति उद्यान, गणेशपुर पार्कमा सम्मान तथा फेलोसिप कार्यक्रम सम्पन्न गरेको छ।
लायन्स क्लब अफ तुल्सीपुर ईशान वर्ष २४/२५ का अध्यक्ष रमेश रेग्मी को अध्यक्षतामा भयको कार्यक्रमममा प्रमुख अतिथि ३२५ यान नेपालका डिस्ट्रिक गभर्नर ज्ञानेन्द्र कुमार श्रेष्ठ र विशिष्ट अतिथि तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसी रहनु भएको थियो । प्रमुख अतिथि श्रेष्ठले लायन्स क्लबले “हाम्रो एरिया, हाम्रो सेवा” अभियानमार्फत विपद् व्यवस्थापनदेखि सामाजिक सेवासम्म राज्यभन्दा पहिला समुदायमा पुग्ने योगदानको चर्चा गर्दै जन्मदिनमा सेवा गर्ने प्रणालीलाई विस्तार गर्नुपर्ने र महिला सदस्यहरूको सहभागिता अझै बढाउनुपर्नेमा जोड दिनुभयो।
क्लबले गत वर्ष सुरु गरेको ‘सेवाको यात्रा’ अभियान अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण र परामर्श, मेधावी तर आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्ति, विद्यालय पुस्तकालयलाई समृद्ध बनाउन पुस्तक सङ्कलन, ‘एक लायन–एक वृक्ष’ अभियानमार्फत वृक्षारोपण र हेरचाह, रक्तदान, सरसफाइ अभियान र चेतनामूलक कार्यक्रम जस्ता गतिविधि सञ्चालन गर्दै आएको छ।
कार्यक्रममा सिनियर डिस्ट्रिक इजुकेटिभ चिफ ध्रुव गौतम, राप्ती लाइफ केयर हस्पिटलका प्रबन्धक हरीप्रसाद रिजाल, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लालबहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य सङ्घका महासचिव केशवराज केसी, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी, बालकल्याण प्रविका प्र.अ. हुमबहादुर केसी, मानव सेवा आश्रमका प्रमुख हीरू जोशी तथा सिलिकन एजुकेशनका प्रबन्धक प्रयास पोख्रेललगायतले शुभकामना मन्तव्य दिएका थिए।
सो अवसरमा समाजसेवामा उल्लेखनीय योगदान पुर्याउँदै आएका बालबालिका, महिला तथा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो। महिला सदस्यहरूको निरन्तर सेवाभावको प्रशंसा गर्दै डिस्ट्रिक्टमा हाल २४ प्रतिशत मात्र महिला सदस्य रहेको र यसलाई अझ वृद्धि गर्ने लक्ष्य रहेको जानकारी दिइयो।
कार्यक्रममा स्वागत मन्तव्य दीपक केसीले गर्नुभएको थियो भने सञ्चालन केशवराज न्यौपाने र सोमराज बस्नेतले गर्नुभएको थियो। सोही अवसरमा वर्ष २०२५/२६ का लागि क्लबको नयाँ कार्यसमिति चयन गरिएको छ, जसमा अध्यक्ष सुनिल खनाल, प्रथम उपाध्यक्ष दीपक केसी, द्वितीय उपाध्यक्ष केशवराज न्यौपाने, उपाध्यक्ष कर्णबहादुर पुन र सरद शर्मा, सचिव सोमराज बस्नेत, सहसचिव एकराज देवकोटा, कोषाध्यक्ष पुष्कर भुसाल, सह–कोषाध्यक्ष प्रतीक भुसाल, क्लब डाइरेक्टर आशिष देवकोटा, क्लब सर्भिस चेयरपर्सन विनोद भण्डारी, एलसीआईएफ कोर्डिनेटर धीरज बस्नेत, मेम्बरशिप चेयरपर्सन किशोर अर्याल र मार्केटिङ चेयरपर्सन मनिष भुसाल रहनु भएको छ ।



लाइभदाङ । १५ भाद्र २०८२, आईतवार १८:३४ बजे