
तुलसीपुर, १५ भदौ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित बैचनी खोलाले गाडी बगाएको छ ।
तुलसीपुर ४ को खाद्रेदेखी पर्सेनीतर्फ आउदै गरेको ग १ ज १७१४ नम्बरको किराना सामान बोकेको मारुती भ्यानलाई खोलाले बगाएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोद खत्रीका अनुसार आईतबार दिउँसो सवा १ बजेतिर उक्त खोलाले बनाएको हो ।
खोला तर्ने क्रममा बिचमै गाडी बन्द भएको र तत्काल बढेको पानीको बहाबले गाडी बगाएको हो । गाडी १० मिटर तल पुगेको थियो । उक्त गाडीलाई तुलसीपुर–६ निवासी ४६ बर्षीय राम कुमार रेग्मीले चलाएका थिए ।
गाडी बगाएपनि मानविय क्षति भने भएको छैन । उक्त गाडीलाई दुई बजेतिर जेसीवीको सहायताले निकालिएको थियो ।



लाइभदाङ । १५ भाद्र २०८२, आईतवार १६:३९ बजे