तुलसीपुर, ९ मंसिर ।
दाङको तुलसीपुरमा करिब १२/१३ वर्षकी बालिका बलात्कृत भएको रहस्य खुलेको छ । आफन्तकोमा जान हिँडेकी बालिकालाई पुर्याइदिने भन्दै बाइकमा राखेका तुलसीपुर कचिला निवासी २६ वर्षका अम्मर विकले बसपार्कमा लगेर बलात्कार गरेको तुलसीपुर प्रहरीले बताएको छ ।
‘तुलसीपुरको विद्युत नजिकै ग्वारखोलामा रहेका आफन्तको जानका लागि सानो बच्चा सहित तीनजना राति करिब १० बजे हिडिरेहका रहेछन् । बाइकवालाले म पुर्याइदिन्छु भने छ । पहिला बच्चा र आमालाई ग्वारखोला लगेर छोड्यो । त्यसपछि बालिकालाई लिन आएको आरोपीले बसपार्कमा लगेर बलात्कार गरे छ ।’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले भन्नुभयो ।
आरोपी विकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । घटना ७ गते राति १० बजेको हो ।
लाइभदाङ । ९ मंसिर २०७९, शुक्रबार १२:०३ बजे