
तुलसीपुर, ४ भदौ । दाङको प्रमुख जिल्ला अधिकारीका रुपमा विश्वप्रकाश अर्याल आउँदैछन् ।
उनी जिल्ला प्रशासन कार्यालय सिराहाबाट सरुवा भएर दाङ आउन लागेका हुन् ।
उनको विहीबार सरुवा भएको हो । दाङका यस अघिका सिडिओ कृष्ण प्रसाद लम्सालको कैलाली सरुवा भएपछि उनी दाङ आउन लागेका हुन् ।



लाइभदाङ । ४ भाद्र २०८२, बुधबार २२:०२ बजे