
दंगीशरण, २ भदौ ।
दंगीशरण गाउँपालिका वडा नं. १ को आयोजना, दंगीशरण गाउँपालिका र समृद्ध समाजको आर्थिक सहयोग तथा पतन्जली योग साधनाकेन्द्र दंगीशरण १ बाकिको सहजीकरणमा हरीतालिका तिज र अट्वारीको अवसरमा हार्दिक शुभकामना आदानप्रदान तथा तिज तथा अट्वारी विशेष कार्यक्रम दंगीशरण १ को शिवपुरी पर्यटकीय क्षेत्र बाकीमा सम्पन्न भएकोछ ।
वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा तिजमिलन तथा अट्वारी विशेष कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली,वडा नं. ३ का वडा अधयक्ष शुकलाल चौधरी,कार्यपालिका सदस्य शितरा नेपाली,समृद्ध समाजका दिल कुमारी वि.क. पतन्जली योग समितीका दंगीशरण प्रभारी दिपक बिष्ट,नेपाल थारु संघ क्षेत्र नं. ३ का क्षेत्रीय उपाध्यक्ष मोहन चौधरी, लगायतले आ–आफ्नो भनाइ राख्नुभएकोथियो ।
तिज बिशेष तथा अट्वारीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले आफुले सवै जातजाति तथा तथा हरेक बर्गको सम्बोधन हुनेगरि कार्यक्रम अगाडि बढाएको बताउनुभयो । महिलाहरुको सम्बोधनका लागि आफुहरु निर्वाचित भएर आयपस्चात निरन्तर तिजविशेष कार्यक्रम वडा वडामा संचालन गरेको अध्यक्ष गिरीको भनाइछ ।
यस्तै सोही अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले तिज पर्वमा महिला दिदिबहिनीहरु एक ठाउँमा जम्मा भएर सुख दु:ख साट्दै आफ्ना पिर ब्यथाहरु ब्यक्त गर्ने पर्व भएकाले यस पर्वलाइ मौलिक तवरले मनाउन र भड्किलो नबनाउन आग्रह गर्नुभयो ।
वडा नं. १ का वडा सदस्य हुमा गिरीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजिकरण गाउँपालिकाका प्रेस संंयोजक प्रमोद आचार्यले गर्नुभएकोथियो ।



लाइभदाङ । २ भाद्र २०८२, सोमबार २१:२१ बजे