दंगीशरण–३ मा योग हल उद्घाटन

दंगीशरण, ३१ साउन ।
दंगीशरण गाउँपालिका वडा नं. ३ पदमपुर एकलीमा रहेको योग हलको एक कार्यक्रमकाविच उद्घाटन गरीएको छ । शनिवार कृष्ण जन्मअष्टमीको अवसरपारी दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी उपाध्यक्ष पिमा वली खड्का र वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीले बहु उदेश्य योग हलको औपचारिक उद्घाटन गर्नुभएको हो ।

योगहल उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले योग शारीरिक, मानसिक र आत्मिक स्वास्थ्यका लागि उपयोगी अभ्यास रहेको बताउनुभयो । स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न मानसिक शान्तिका लागि योग र ध्यान आजको आवश्यकता रहेको उहाँको भनाइथियो । अर्को प्रसङ्गमा अध्यक्ष गिरीले संस्कार र सभ्यताको विकासका लागि पनि योग, प्रणायाम र ध्यानमा जोडिन आवश्यक रहेको बताउनुभयो । अहिलेको समय बिषादियुक्त खानपानले मानव शरीरमा गम्भीर असर पुर्याइरहेका वेला योगको अभियान मार्फत दंगीशरणका नागरीकलाई स्वस्थ बनाउन आफू लागि परेको बताउनुभयो ।

सोही अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष पिमा वलि खड्काले रोग लाग्नुभन्दा रोग लाग्ननै नदिन बेस भन्ने सोचका साथ योगमा जोडिन आवश्यक रहेको बताउनुभयो ।उपाध्यक्ष खड्काले योगहललाई अस्पतालको रुपमा बुझ्न र प्राणघातक जस्ता रोगहरुबाट बच्न उपयुक्त उपाय योगनै रहेको उपाध्यक्ष खड्काको भनाइथियो ।


यस्तै वडा नं.३ का वडा अध्यक्ष शुकलाल चौधरीले वडामा हुने हरेक कार्यक्रमहरुको साझा थलोको रुपमा बहुउद्देश्यीय सभाहलको उपयोग गर्न आग्रह गर्नुभयो । योगहल उद्घाटन समारोहमा जिल्ला विकास समिती दाङका पुर्व सभापती भरत के.सी.पतन्जली योग समिति दाङका महिला उपाध्यक्ष समिक्षा रिजाल,पतन्जली योग समिती दाङका उपाध्यक्ष बिनोद चौधरी,पतन्जली योग समिति दाङका स्वागत प्रभारी प्रल्हाद शाह लगायतले आ–आफ्नो भनाइ राख्नुभएकोथियो ।

पतन्जली योग समिती दाङका जिल्ला सदस्य लक्ष्मण के।सी।को स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेश संयोजक प्रमोद आचार्यले गर्नुभएकोथियो ।