दंगीशरण ७ को मन्त्रीडाडामा दोस्रो पुस्ताको बाख्रा उपहार कार्यक्रम सम्पन्न

दंगीशरण, ३० साउन ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम ‘भोकालाई एक छाक भोजन होइन, जिउने जुक्ती सिकाऔ’ भन्ने मुल उदेश्यकासाथ नेपाल महिला सामुदायिक सेवा केन्द्र घोराहीको आयोजना दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमसिलता विकास साझेदारी परीयोजना अन्तर्गत दोस्रो पुस्ता बाख्रा उपहार कार्यक्रम दंगीशरण ७ को मन्त्रीडाडामा सम्पन्न भएकोछ ।

प्रगतिशील महिला समुहका अध्यक्ष सिता बुढाथोकीको अध्यक्षता, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता,गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपाली, वडा नं. ७ का वडा अध्यक्ष रेशम वली प्रशासन साखा प्रमुख सुदिप डाङ्गिको उपस्थितिमा भएकोथियो ।

बाख्रा उपहार कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले सानाकिसानहरुको आर्थिक विकास तथा समृद्धिका लागि स्रोत र साधनहरुलाई सवैलाइ उपयोग होस भन्ने उदेश्यका साथ परीयोजना मार्फत कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । अर्को प्रसङ्गमा अध्यक्ष गिरीले दंगीशरण गाउँपालिका कृषिमा आधारित गाउँपालिका रहेकाले कृषिमा परीयोजना मार्फत लगानीगरी कृषि आधुनिकीकरण तर्फ अगाडि बढेको बताउनुभयो ।

कार्यक्रममै बोल्दै कार्यक्रममा बिशिस्ट अथिती दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले गाउँपालिकाबाट महिलाहरूका लागि हुने लक्षित कार्यक्रमहरुको भरपुर सदुपयोगगर्न आग्रह गर्नुभयो । महिलाहरुमा इमान्दारीता,लगनशीलता,र धैर्यता हुनेभएकाले महिलाहरु शसक्त ढंगले अगाडि बढ्नुपर्ने उहाँको भनाइथियो । यस्तै उपाध्यक्ष खड्काले आफू २०७४ सालदेखि नै गाउँपालिकामा अभिभावक रहेको महसुस गराउन तिज विशेष कार्यक्रमको थालनी गरेको बताउनुभयो ।

यस्तै वडा नं. ७ का वडा अध्यक्ष रेशम वलीले जनताको समस्या समाधान र किसानको आयआर्जनमा टेवा पु¥याउन गाउँपालिकाको आर्थिक सहयोगमा संचालनमा रहेको परीयोजनाले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो ।


उपहार कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपाली, प्रशासन प्रमुख सुदिप डाङ्गी, छहरा समुहकी सदस्य भुमिका बुढाथोकी, महिला सामुदायिक सेवाकेन्द्रका फोकल पर्सन नवराज अधिकारी ,हरीयाली समुहकी बिणु भण्डारी लगायतले आ–आफ्नो भनाइ राख्नुभएकोथियो ।

परीयोजना मार्फत प्रगतीशिल महिला समुहलाई पहिलो पुस्ता बाख्रा उपहार ६७ बाख्रा उपहार प्रदान गरीएकोथियो । प्रगतिशिल महिला समुहबाट छहरा महिला समुह कोइरालडाडालाई २४ बाख्रा प्रदान गरिएको हो । पहिलो पुस्ता बाख्रा वितरण ६७ वटा गरेकोमा अहिले परीयोजनाले ९१ वटा बाख्रा उपहार वितरण गरेको हो ।

प्रगतिशिल महिला समुहकी सचीव सबिता के.सी.ले प्रगती विवरण प्रस्तुत गर्दै समुहले बचत तथा उद्यमी बन्न सहयोग गरेको र अहिले सानो समस्या पर्दा पनि अरुको हात थाप्न पर्ने समस्याको अन्त्य भएको र समुहमा बस्दा आत्मनिर्भर भएको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य प्रगतिशील महिला समुहकि कोषाध्यक्ष सुमित्रा भण्डारीले राख्नुभएकोथियो ।