
काठमाडौं, २९ साउन ।
देशको पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
भोलि सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



लाइभदाङ । ३० श्रावण २०८२, बिहीबार २२:१५ बजे