युवाहरुले बाँडे ‘डस्टविन’

तुलसीपुर
२० पुस / आहा अभियान तुलसीपुरले व्यबसायीहरुलाई डस्टबिन बितरण गरेको छ । तुलसीपुरलाई सुरक्षित र सरसफाइयुक्त सहर बनाउनका लागि ३ सय ६५ वटा डस्टबिन वितरण गरिएको हो । बिरेन्द्र चोकदेखि गुम्राहचोक सम्मका व्यवसायीलाई डस्टबिन वितरण गरिएको आहा अभियान तुलसीपुरका संयोजक दिपक काफ्लेले जानकारी दिए । नागरिकमा सरसफाईको सचेतना दिनका लागि तुलसीपुर उपमहानगरपालिका तथा विभिन्न संघ, संस्थाको सहयोगमा डस्टबिन वितरण गरिएको संयोजक काफ्लेले बताए ।

अभियानले मंगलबार तुलसीपुरमा विभिन्न सरोकारवालाको उपस्थितिमा डस्टबिन बितरण गरेको हो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले व्यक्तिको सोच सफा हुन सकेमा वातावरणको सरसफाईमा नियम कानुन लगाउनु नपर्ने बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्था शाखाका संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामीछानेले गल्ने फोहोरलाई मोहरमा परिणत गर्नका लागि नगरले तयारी गरिरहेको बताए । सरसफाई अभियान्ता बिमल रिजालले तुलसीपुरलाई सुन्दर सहर बनाउनका लागि युवाहरुले थालेको पहल निकै सकारात्मक भएको बताए ।


अभियानका संयोजक काफ्लेको अध्यक्षता तथा नगरप्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा डष्टबिन तिवरण गरिएको हो । अभियानका उपाध्यक्ष झग्गु भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव अर्जुन भट्टराइले गरेका थिए ।