लाइसेन्स नभएका छोरालाई मोटरसाईकल दिने आमा पक्राउ

तुलसीपुर, १८ साउन । दाङमा लाइसेन्स नभएको छोरालाई मोटरसाइकल चलाउन दिने आमालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

तुलसीपुर–१९ बासगढीमा पैदल हिडीरहेकी स्थानिय ६५ बर्षीया गौमती रोकालाई शनिबार मोटरसाइकलले ठक्कर दिदा उपचारको क्रममा मृत्यु भएको थियो । दिउँसो करिब साढे २ बजेतिर रा ५ प २६७८ नम्बरको मोटरसाइकलले ठक्कर दिदा गम्भिर घाइते रोकाको बाँकेको कोहलपुर मेडिकल कलेजमा शनिबार साँझ साढे ६ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो ।


सोही मोटरसाईकल तुलसीपुर उपमहानगरपालिका–७ निवासी मिना भुषालको थियो । तर, त्यो मोटरसाइकल १६ बर्षिय छोरा लक्ष्मण भुसालले चलाउथे । तर,उनको लाइसेन्स छैन । आमाको नामको मोटरसाइकल छोराले चलाएकाले आमालाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य बहादुर रानाले जानकारी दिए ।

कसैले पनि लाइसेन्स नभएकालाई सवारी चलाउन दिदा सवारी धनिलाई समस्या पर्ने उनले बताए । पक्राउ परेका आमाछोरालाई जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप गरेर इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।