आज आईतबार तपाईको राशिफल

मिति २०८२ साउन १८ गते ।

मेष : हतारको निर्णयले हानि हुन सक्छ। रिस र आवेग नियन्त्रणमा राख्नुहोस्। परिवार र साथीहरूबाट समर्थन पाउन सकिनेछ। चोटपटक वा झगडाबाट बच्नुस्।

वृष : नयाँ योजना बन्नेछ। मनमा तनाव भए पनि लाभदायक प्रस्ताव आउने संकेत छ। खर्चमा नियन्त्रण आवश्यक छ।

मिथुन : सामाजिक र व्यवसायिक प्रतिष्ठा बढ्नेछ। साथीभाइ र दाजुभाइको साथ मिल्नेछ। अध्यात्म र धर्मप्रति रुचि बढ्नेछ।

कर्कट : धेरै कुरा सोचेर मानसिक थकान हुन सक्छ। वैवाहिक सम्बन्धमा तनाव आउन सक्ने सम्भावना। ऋण वा पुराना झन्झटबारे पुनः विचार गर्नुहोस्।

सिंह : वैवाहिक र साझेदारी सम्बन्धमा संवेदनशील बन्ने दिन। असमझदारीबाट टाढा रहनु राम्रो। आत्मचिन्तन वा ध्यान लाभदायक हुनेछ।

कन्या : स्वास्थ्य र कार्यक्षेत्र दुवैमा सजग रहनुपर्ने दिन। कामको चापले थकान आउन सक्छ। खर्च बढ्ने संकेत पनि देखिन्छ।


तुला : मन रमाउनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। सन्तान वा शिक्षा सम्बन्धी चिन्ता हुन सक्छ। सिर्जनशील काममा सफलता मिल्नेछ।

वृश्चिक : पारिवारिक जिम्मेवारी बढ्न सक्छ। पितृ सम्पत्ति वा घरसंग सम्बन्धित छलफल सम्भव छ। मनोबल घट्न सक्छ।

धनु : यात्रा वा अध्ययनको अवसर मिल्नेछ। भाइबहिनी वा साथीहरूसँग सहयोग मिल्नेछ। धर्मकर्मप्रति आकर्षण बढ्नेछ।

मकर : धन लाभ र पारिवारिक सहयोग मिल्नेछ। तर खर्च नथामिएला। काममा आत्मविश्वास बढ्नेछ।

कुम्भ : मनमा अस्थिरता, निर्णय गर्न गाह्रो महशुस हुन सक्छ। चन्द्र–शनि युति मनोबल घटाउने छ। तर आत्मचिन्तनले नयाँ बाटो दिन सक्छ।

मीन : शरीरमा कमजोरी महसुस हुन सक्छ। गोप्य शत्रु सक्रिय हुन सक्छन्। मनमा अनावश्यक चिन्ता आउन सक्छ। आफूलाई समय दिनु पर्नेछ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799