पहिलो चरणको मन्टेस्वरी सिकाइ सहजीकरण ट्रेनिङ  सम्पन्न

दाङ, १० मंसिर ।
नेसनल प्याब्सन दाङको आयोजनामा शुरु भएको मन्टेस्वरी सिकाइ सहजीकरण ट्रेनिङको पहिलो चरण समापन भएको छ। शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिका र बबई गाउँपालिका भित्रका सस्थागत विद्यालय नेसनल प्याब्सन अन्तर्गतका विद्यालयमा कार्यरत प्री-प्राइमरी तहका शिक्षकहरुका लागि शुरु गरेको दुई दिने ट्रेनिङ कार्यक्रम शनिबार समापन भएको छ। ट्रेनर बिन्दु न्यौपाने र सम्झना खड्का द्वारा प्रदान गरिएको ट्रेनिङ कार्यक्रममा तीन पालिका बाट ५५ जना शिक्षकहरु सहभागी भएका थिए।

औपचारिक समापन कार्यक्रम दाङ जिल्ला नेसनल प्याब्सन अध्यक्ष श्री भोजराज न्यौपानेको अध्यक्षता तथा नेसनल प्याब्सन केन्द्रिय कार्यसमितिका सदस्य श्री भिम बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

प्रमुख अतिथि बुढाथोकीले आफुले दाङ जिल्लामा यस्तै मन्टेस्वरी ट्रेनिङ २०७५ सालमा आफुले चलाएको स्मरण गर्दै यस्ता ट्रेनिङले शिक्षकहरुलाई उत्प्रेरणा मिल्ने र कार्यकुशलामा प्रभावकारी बढने हुदा समग्र शिक्षामा सकारात्मक प्रभाव हुने बताउनु भयो।


जिल्ला सदस्य श्री फत्ते बहादुर खड्काको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा ट्रेनर श्री बिन्दु न्यौपाने, जिल्ला कोषाध्यक्ष श्री भुवन वलि, जिल्ला सदस्य शोभा केसि, नेसनल प्याब्सन तुलसीपुर उपाध्यक्ष लोकेन्द्र बहादुर खड्का लगायतले यस्ता ट्रेनिङ कार्यक्रमले शिक्षकहरुलाई समयानुकूल शिक्षा प्रदान गर्न र शिक्षण पद्धतिमा रुचि बढाउन महत्वपूर्ण भुमिका राख्ने बताउदै यसरी सिकेको कुरा कक्षा कोठामा लागू गर्न शिक्षकहरुलाई सुझाव दिनुभएको छ।

पहिलो चरणको समापन पछि दोस्रो चरणमा देउखुरी क्षेत्रका विद्यालयहरुमा ट्रेनिङ संचालन गर्ने आफ्नो योजना रहेको अध्यक्ष श्री भोजराज न्यौपानेले बताउनु भयो। अध्यक्ष न्यौपानेले आफू र आफ्नो कार्यसमिति विद्यालयहरुको शैक्षिक उन्नति प्रगतीमा सहयोगी सिद्ध हुने बताउनु भयो। उहाँले भन्नू भयो हामी हाम्रा सदस्य विद्यालयहरुको शैक्षिक उन्नयनको सहयात्री बन्न चाहन्छौ।

शान्तिनगर – ५ बैशा स्थित सभाहलमा दुईदिन सम्म चलेको कार्यक्रम सचीव श्री सालिक राम कार्कीले संचालन गर्नुभएको थियो।