
मिति २०८२ साउन १३ गते ।
मेष : शत्रु माथि विजय मिल्नेछ। तर घरमा विवादको सम्भावना छ — बोलीमा संयमता राख्नुहोस्। यात्रामा सावधानी अपनाउनु राम्रो।
वृष : काममा प्रतिस्पर्धा बढ्न सक्छ तर तपाईंको दृढता प्रशंसनीय हुनेछ। स्वास्थ्यमा सुधार आउला। प्रेम वा सन्तानको विषयमा राम्रो संकेत छ ।
मिथुन : सन्तान वा घर परिवारको विषयमा गम्भीर निर्णय लिनुपर्ने समय हो। तर्क र भावना दुवै सन्तुलनमा राख्नुपर्छ ।
कर्कट : घरमा मर्मत, साजसज्जा वा आन्तरिक व्यवस्था मिलाउने कार्यमा लागि पर्ने दिन रहेको छ ।आमाबुबाको साथ वा सहयोगले अगाडि वढ्न सकिनेछ ।
सिंह : मित्रसँग भेटघाट, सन्देश आदानप्रदान हुने दिन हो। उत्साहसाथ काममा लागेमा राम्रो लाभ मिल्नेछ।
कन्या : धन खर्चमा संयमता राख्नुहोस्। नयाँ योजना बनाउने सोच पलाउन सक्छ तर तत्काल निर्णय नगर्नु उपयुक्त हुनेछ
तुला : चञ्चलता बढ्न सक्छ। आत्मकेन्द्रित निर्णयबाट टाढा बस्नुहोस्। मङ्गलको प्रभावले जोश बढाए पनि कार्यमा स्थिरता आवश्यक छ।
वृश्चिक : गोप्य योजना वा मानसिक तनावले दिन प्रभावित हुन सक्छ। ध्यान वा एकान्तमा केही समय बिताउनु उपयोगी हुनेछ ।
धनु : समूह, मित्र वा संस्था मार्फत काम गर्ने अवसर मिल्नेछ। सामाजिक योगदान वा सहभागिता बढ्न सक्छ।
मकर : कामका असाध्यै व्यस्त भैइनेछ अफिस वा व्यवसायमा नेतृत्त्व भूमिका लिनुपर्ने समय हो। जिम्मेवारीमा कमी नगर्नुहोला ।
कुम्भ : धार्मिक भावना जाग्नेछ। यात्राको योग बन्नेछ। कुनै नयाँ विषय अध्ययन गर्ने समय रहेको छ।
मीन : दाम्पत्य र साझेदारीको विषयमा गम्भीर विचार गर्नुपर्ने समय हो। तर क्रोधले सम्बन्धमा असर गर्न सक्छ — संयम आवश्यक छ ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799



लाइभदाङ । १४ श्रावण २०८२, मंगलवार ०७:३२ बजे