
मिति २०८२ साउन ११ गते ।
मेष : आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ।
वृष : सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय।
मिथुन : आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय हो। बोलचालमा स्पष्टता जरुरी हुन्छ। सामाजिक सञ्जाल वा सार्वजनिक काममा सहभागिता बढ्न सक्छ। विदेशसंग सम्बन्धित सोचमा केही ढिलाइ देखिन सक्छ।
कर्कट : नयाँ सोच र आत्मबल साथ दिने दिन हो। आत्मविश्वासका साथ अघि बढ्न सकिनेछ। वैदेशिक सम्बन्ध वा प्रस्ताव आउन सक्छ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने समय पनि हुन सक्छ।
सिंह : मन थोरै थाकेको महसुस हुन सक्छ। एकान्त रोज्ने मनस्थिति रहन सक्छ। विदेशमा रहेका आफन्तसँग कुराकानी हुन सक्छ। सामाजिक काममा चाहेर पनि सक्रिय हुन नसकिने संकेत छ।
कन्या : साथीभाइ वा टाढाका आफन्तसँग कुराकानी हुनेछ। सामाजिक रूपमा तपाईंको रायको कदर हुनेछ। विदेशबाट केही जानकारी आउने सम्भावना छ, त्यसले भविष्यको योजना बनाउन सहयोग पुर्याउन सक्छ।
तुला : काममा प्रगति देखिन्छ। पद वा प्रतिष्ठा बढ्न सक्छ। समाज वा संस्थामा तपाईंको सक्रियता बढ्नेछ। विदेशमा अवसर खोज्दै हुनुहुन्छ भने आज केही संकेत देखिन सक्छ।
वृश्चिक : धार्मिक वा अध्ययन सम्बन्धी चासो बढ्नेछ। टाढाका व्यक्तिसँग सम्पर्क हुने सम्भावना छ। विदेश जाने सोच छ भने पहिले देखिएका अड्चनहरू हट्न सक्छन्।
धनु : गहिरो विषय बुझ्ने समय हो। परिवार वा साझेदारसँग विश्वासमा कुरा गर्नु राम्रो हुन्छ। विदेशसंग सम्बन्धित काम अगाडि बढाउन सकिनेछ। सामाजिक जिम्मेवारीप्रति गम्भीरता आवश्यक देखिन्छ।
मकर : साझेदारी वा समझदारी आवश्यक पर्ने दिन हो। सामाजिक सम्वादमा ध्यान दिनुहोस्। वैदेशिक सम्बन्धमा निष्कर्ष नआई केही प्रतीक्षा आवश्यक हुन सक्छ।
कुम्भ : दैनिक काममा सुधार आउनेछ। स्वास्थ्यमा पनि सामान्य सुधार देखिन्छ। समाजमा तपाईंको व्यवहार प्रशंसनीय बन्न सक्छ। विदेशबाट आएको सन्देशले आशा जगाउन सक्छ।
मीन : रमाइलो कुराकानी वा सृजनात्मक काममा मन लाग्नेछ। प्रेम सम्बन्धमा मिठास आउनेछ। सामाजिक अवसरमा सहभागिता बढ्नेछ। विदेश जाने सोच बनिराख्नुभएको छ भने, प्रयास गर्न सकिने समय हो।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799



लाइभदाङ । १२ श्रावण २०८२, आईतवार १०:१६ बजे