पुरन्धरा छहरामा डुबेर एक युवकको मृत्यु

तुलसीपुर, २० जेठ ।
पश्चिमदाङको पर्यटकिय स्थल पुरन्धारा छहरामा डुबेर एक युवकको मृत्यु भएको छ । छहराको तालमा पौडि खेल्ने क्रममा डुबेर दाङ तुलसीपुर उपमहानगरपालिका ४ बनहरीका ३० बर्षीय दिपक न्यौपानेको मृत्यु भएको ईलका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिनुभयो ।


साथीहरुसंग छहरामा पिकनिक खान गएका न्यौपाने शनिवार बेलुका साढे ४ बजेरतिर छहराको तालमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । घटना बारे अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।