दाङमा किसानलाई ठग्ने राँगा व्यापारी पक्राउ

दाङ, १ साउन । दाङमा किसानलाई ठग्ने राँगा व्यापारी पक्राउ परेका छन् । प्रहरीले पक्राउ पर्नेमा गढवा गाउँपालिका–४ पर्सा निवासी ४४ वर्षका मोहम्मद जमिल मुसलमान लाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहका अनुसार ठगीको आरोपी मूसलमानलाई बुधबार पक्राउ गरिएको हो । आरोपी मुसलमानले दंगिशरण गाउँपालिका–४ निवासी तेजमान चौधरी सहित ३ जनाको २ लाख ८० हजार मुल्यका ६ वटा राँगा २०८० माघ २३ गते उधारो लगेर वेपत्ता भएका थिए ।


पिडित चौधरीले २०८१ मंसिर २१ गते मूसलमन विरुद्ध ठगि गरेको आरोपमा जिल्ला प्रशासनमा निवेदन दिनुभएको थियो । आरोपी मुसलमानले चलनचल्तिको मूल्य भन्दा २/३ हजार मूल्य बढि भनेर ठगि गर्ने गरेका थिए ।

मुसलमानले केहि वर्षयता देखि दाङका विभिन्न वस्तीहरुमा पुगेर ढाँटछल गरि किसानहरुका राँगा, भैसी लगेर ठगि धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ ।