तुलसीपुरमा सर्पको टोकाइबाट २२ महिनाका बालकको मृत्यु

तुलसीपुर, २९ असार ।
तुलसीपुरमा सर्पको टोकाइबाट २२ महिनाका बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ रनियापुर निवासी नुरज परियारका छोरा एनिस परियार रहेको इलाका प्रहरी कार्यालय तुसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । घरमा खेल्दै गरेका बालकलाई दिउसो सवा ४ बजे सर्पले बायाँ हातको हत्केलामा टोेकेको थियो ।

घटनापछि तत्कालै परिवारले उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पु¥याएका थिए । अस्पतालमा उपचारकै क्रममा साँझ साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय फुलवारीबाट प्रहरी नायव निरीक्षक रामसिङ धामीको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

घटनाको बेला बालककी आमा अनिता परियार स्थानीय जंगलमा च्याउ टिप्न गएकी र बालकको हेरचाहमा हजुरबुबा श्याम नेपाली रहनुभएको थियो । सर्पले टोकेको बिरामीहरुको संख्या बढ्न थालेपछि साना बालबालिकालाई विशेष निगरानीमा राख्न र घर आसपासको सरसफाइमा ध्यान दिन विशेषज्ञहरूले सुझाव दिएका छन्।