
काठमाडौं, २५ असार । प्रहरीलले दाङमा एक युवकको साथबाट अवैध पेस्तोल बरामद भएको जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार गोर्खा सैनिक भर्नाका लागि अभ्यास गराउने लोटर ट्रेनिङ सेन्टरको होस्टलमा बसेका १९ वर्षीय अजय विकको साथबाट पेस्तोल बरामद भएको हो ।

विकलेअवैध हतियार र गोली लुकाएर राखेको सूचना पाएपछि खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले उनी सुत्ने खाटमुनि कालो रंगको झोलामा ०.३२ पेस्तोल, त्यसमा लाग्ने ४ वटा गोली र म्याग्जिन समेत बरामद भएको छ ।





लाइभदाङ । २५ असार २०८२, बुधबार २०:३५ बजे