
दंगीशरण, २३ असार ।
दंगीशरण गाउँपालिकामा सरुवा भएर आएका दुई जना कर्मचारीको स्वागत तथा अनिवार्य अवकाश प्राप्त एक कर्मचारीको बिदाइ कार्यक्रम सम्पन्न गरिएको छ।
दंगीशरण गाउँ कार्यपालिकाको कार्यालयमा रोल्पा नगरपालिकाबाट सरुवा भइ आएका प्रशासकीय अधिकृत (सातौ) सुदिप डाँगी, सरुमारानी गाउँपालिका प्युठानबाट सरुवा भइ आएका सहायक (पाँचौ) जिवन डि.सि.लाई स्वागत गरिएको थियो भने अनिवार्य अवकाश हुनुभएका सहायक (चौथो) देव बहादुर डाँगीलाई सम्मानसहित बिदाई गरीएको हो ।
गाउँपालिका अध्यक्ष शम्भु गिरी, गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का, प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपाली,वडा अध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य,तथा कर्मचारीहरुको उपस्थितिमा स्वागत तथा बिदाइ कार्यक्रम गरिएकोहो ।
कार्यक्रममा वक्ताहरूले नयाँ कर्मचारीलाई सफल कार्यकालको शुभकामना दिंदै, सेवानिवृत्त कर्मचारीको योगदानको प्रशंसा गर्दै भविष्यका लागि शुभकामना व्यक्त गरेका थिए।



लाइभदाङ । २३ असार २०८२, सोमबार २२:२० बजे