दंगीशरणमा अपांगता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण

oplus_0

दंगीशरण, १९ असार ।
दाङको दंगीशरण गाउँपालिकाले अपांगता भएका ब्यक्तीहरुका लागि सहायता सामाग्री वितरण गरेकोछ । दंगीशरण गाउँपालिकाको आयोजना तथा राप्ती वहिरा संघ दाङको सहजिकरणमा गाउँपालिकाभित्रका अपांगता भएका ब्यक्तीहरुका लागि सहायता सामाग्री वितरण गरिएको हो । कार्यक्रममा हुइल चिएर ३ जना, ५ जोडि बैशाखी, स्टिक २ जनालाइ, हेरीङ डिभाइस ६ जनालाइ,९२ वटा डाइपर लगायतका सामाग्री वितरण गरीएको हो ।

सहायता सामाग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले दंगीशरण गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तीहरुको क्षेत्रमा थुप्रै कार्यक्रमहरु संचालन गरीरहेको र थप साझेदार सस्थाहरु मार्फत स्वरोजगार बनाउने खालका सिपमुलक कार्यक्रमहरुलाइ अगाडि बढाएको अध्यक्ष गिरीले बताउनुभयो ।

सोही अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले सहायता सामाग्रीको मार्फत अपाङ्गता भएका ब्यक्तीहरुको दैनिकिमा सहजता हुने बताउनुभयो । मानवीय विकास अन्तर्गत अपाङ्गता तथा महिला बालबालिकाको क्षेत्रमा विशेष प्राथमिकता दिइएको उपाध्यक्ष खड्काको भनाइछ ।


सहायता सामाग्री वितरण कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष रेशम वली, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रमको उदेश्यमाथि राप्ती बहिरा संघ दाङकि निर्देशक प्रतिमा शर्माले प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रम राप्ती बहिरा संघका अध्यक्ष अजयदिप शर्माको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्का र प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालीको बिशिस्ट आथित्यतामा भएकोथियो । कार्यक्रमको सहजीकरण राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाङ्गीले गर्नुभएकोथियो ।