दाङमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

तुलसीपुर, १८ असार ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका दाङका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत दाङले २०८१ मंसिर ७ गते दुई वर्ष कैद सजाय फैसला सुनाएका राप्ती गाउँपालिका–४ का ५२ वर्षीय उमेशकुमार चौधरीलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक पुष्करसिंह ऐरीका अनुसार फरार रहेका चौधरीलाई बुधबार घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।


पक्राउ परेका चौधरीलाई अदालतमा पेश गरी सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ ।