गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपील

तुलसीपुर,१६ पुस । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको शनिबार हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गरिएको छ ।

निर्वाचनमा तुलसीपुरमा क्रियाशिल ९ राजनीतिक दलका तर्फबाट भएका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरिएको हो ।


अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी,उपाध्यक्ष पदका उम्मेदवार सिताराम शर्मा आचार्य, सचिव पदका उम्मेदवार सेवकराम भण्डारी, कोषाध्यक्ष पदका उम्मेदवार भद्र बहादुर वली र खुल्ला सदस्य पदका उम्मेदवार लक्ष्मण केसी र पदम बहादुर खड्कालाई विजयी बनाउन गठबन्धनका नेताले विज्ञप्ति जारी गरि अपील गरेका हुन् ।