
मिति २०८२ असार ११ गते।
मेष : बुद्धि र तार्किक क्षमता वृद्धि हुनेछ। विचारशील निर्णयहरू लाभदायक बन्न सक्छन्। तर बोलीमा कठोरता आएको खण्डमा सम्बन्धमा असर पर्न सक्नेछ। यात्राको सम्भावना छ।विवेकका साथ कार्य गर्नु हितकर हुनेछ।
वृष : धनको आगमन भए पनि खर्चमा नियन्त्रण राख्नुपर्छ। मन अलिक अशान्त हुन सक्छ, ध्यान र ध्यानाकर्षण आवश्यक हुनेछ।आर्थिक निर्णयमा स्थिरता र सूझबूझ आवश्यक रहनेछ ।
मिथुन : मनोबल बढ्नेछ। नवीन योजना, रचनात्मक काम, सञ्चार र शिक्षामा विशेष सफलता मिल्ने योग छ। आत्मविश्वासले काम अघि बढ्नेछ।दिन उत्साहप्रद र उन्नतिमूलक रहनेछ।
कर्कट : मौनता र आत्ममूल्याङ्कनको आवश्यकता देखिन्छ। एकान्त समय लाभदायक बन्न सक्छ। स्वास्थ्यमा सन्तुलन राख्नुहोला । शान्तिपूर्ण अभ्यास र विश्राममा ध्यान दिनु उचित हुन्छ।
सिंह : सामाजिक र बौद्धिक क्षेत्रको कार्यमा अग्रता पाइनेछ। साथीभाइबाट समर्थन मिल्नेछ। नवप्रवर्तन र परामर्श दिने भूमिकामा सफलता देखिन्छ।
कन्या : कर्म क्षेत्रमा प्रयत्न गरेअनुसार सम्मान प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्न सक्छ। वरिष्ठहरूको सल्लाह उपयोगी हुनेछ।
तुला : धार्मिक वा दर्शनिक विषयमा रुचि बढ्न सक्छ। वैदेशिक यात्रा वा सम्पर्कको संकेत देखिन्छ। अध्ययनमा प्रगति हुनेछ।
वृश्चिक : आर्थिक वा भावनात्मक रुपमा केही उतारचढावको अनुभव हुन सक्छ। गहिरो सोच आवश्यक छ। अधिकार सम्बन्धी विषयमा सजग रहनुहोस्।
धनु : साझेदारी वा वैवाहिक सम्बन्धमा संवेदनशीलता आवश्यक हुनेछ। संवाद र समझदारीबाट समाधान खोज्नु उचित हुन्छ।सम्बन्धमा समर्पण र धैर्यता अपरिहार्य देखिन्छ।
मकर : दैनिक काममा व्यस्तता बढ्नेछ। स्वास्थ्यप्रति सर्तक रहनुपर्छ। कार्यशैलीमा सुधार ल्याउँदा समुचित परिणाम प्राप्त हुनेछ।व्यवस्थित जीवनशैली र आत्मनियन्त्रण आवश्यक हुनेछ।
कुम्भ : सन्तान वा सिर्जनात्मक कार्यमा सन्तोष मिल्नेछ। मन रमाइलो खोज्नेछ, तर जिम्मेवारी पनि सँगै हुनेछ।
मीन : गृह र पारिवारिक जिम्मेवारीमा ध्यान दिनुपर्ने समय। मन भावुक हुन सक्छ, तर व्यवहारमा स्थिरता ल्याउनु आवश्यक हुनेछ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799



लाइभदाङ । ११ असार २०८२, बुधबार ०९:४३ बजे