अप्टिमिष्ट आशा जगाउने क्लब हो : गभर्नर घिमिरे

तुलसीपुर, २० भदौ । अप्टिमिष्ट इन्टरनेश्नलका नेपाल डिस्ट्रिक्ट गभर्नर प्रकाश घिमिरेले अप्टिमिष्ट क्लब आशा जगाउने क्लब रहेको बताएका छन् ।

अप्टिमिष्ट क्लब अफ तुलसीपुरले विहीबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले यस्तो बताए । क्लबका अध्यक्ष कमल सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उनले पछिल्लो समय युवाहरुमा धेरै निराशा पैदा भएको भन्दै यसलाई चीर्नकालागि अप्टिमिष्ट क्लबले काम गर्ने बताए ।‘पछिल्लो समय धेरै निराशा छ’,उनले भने‘तर, हामीले त्यसलाई चिरेर आशावादी बनाउने गछौं ।’

मानिशमा निराशा भएमा राम्रो नहुँने भन्दै आशावादी बनाएर जीवन निर्वाह गराउन क्लबको महत्वपूर्ण भूमिका रहने उनको भनाई थियो ।


कार्यक्रममा क्लबका सल्लाहकार श्याम बस्याल, लिफ्टिनेन्ट गभर्नर रिशिश्वर थपलिया, तुलसीपुरका संस्थापक अध्यक्ष मानबहादुर बस्नेत, प्रमुख सल्लाहकार मेघराज घिमिरेलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण महासचिब विष्णु योगीले गरेका थिए ।