शान्ति समाजले ग¥यो सितलपुर घाट सरसफाई

अमृत काजी शर्मा
तुलसीपुर, २२ जेठ ।
पवित्र बबई नदी सितलपुर घाट किनार दुर्गन्धित बन्दै गएको छ । शव दाहस्थल र गंगास्थलको रुपमा रहेको यहाँको घाटमा फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धिन बन्दै गएको हो ।

दाङको तुलसीपुर उपमाहानगरपालिका सितलपुर स्थित बबई नदीमा रहेको सितलपुर घाट लामो समय देखी सरसफाई नहुदा दुर्गन्धित एवम फोहोर डंगुर बनेको छ । दाङको सर्युगंगाको रुपमा मानिने पबित्र स्थल बबई नदी अमिलिया तुलसीपुर सडक खण्डको सितलपुर पुल देखी केही पश्चिम तिर दाह संस्कार गरिदै आएको छ ।

दाहसंस्कार गरे पश्चात आधा जलेका काठ दाउरा, प्लास्टिक जन्य बस्तुहरु, जथाभावी फालिएका कपडाहरुले भरिएको घाटमा मानिसले मात्र ब्यवस्थापन गर्न सम्भव नभए पछि डोजरको सहायताले फोहोर ब्यवस्थापन गरिएको कार्यक्रम संयोजक रञ्जन गौतमले जनाउनु भयो ।

मानव अधिकार तथा शान्ति समाजको २८ औं स्थापना दिवसको अवसरमा सप्ताह ब्यापी कार्यक्रम अनुसार मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्यसमिति दाङको आयोजनामा आज सातौ दिन सितलपुर स्थित घाट सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।


सरसफाई पश्चात को कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष मान बहादुर रावत, वडा नं. १२ का वडा अध्यक्ष खुशीराम चौधरी, सामाजिक अभियान्ता एवम पत्रकार देबीराम कुसारी लगाएत शान्ति समाजका पदाधीकारी तथा तथा सदस्यहरुको सहभागिता रहेको थियो । मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्यसमिति दाङका कार्यबहाक सभापति कोमल डाँगीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सचिव अमृत शर्माले गरेका थिए ।

शान्ति समाजको गरेको यो काम प्रति प्रसंसा समेत ब्यक्त गर्दै उपस्थित जनप्रतिनिधीहरुले आफुले पनि आफ्नो क्षेत्रवाट चिन्ता ब्यक्त गर्नु भयो आगामी आर्थिक बर्षमा पहल कदमी चाल्ने र फोहोर ब्यवस्थापनको लागि उचित कदम चाल्ने बताउनु भएको थियो।

स्थानिय सरकारले आफु पनि इच्छा शक्ति नदेखाउने र बैकल्पिक फोहोर ब्यवस्थापनको पाटो नखोज्दा यस्तो अवस्था आएको स्थानिय एवम् पत्रकार देबिराम कुसारीले बताउनु भयो । कोरोनाको समयमा थुप्रिएका फोहोर र काठहरु ब्यवस्थापन गर्न नसक्दा त्यही शवदाह स्थलमा बालुवा मुनी खाडल बनाएर गाडिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, केन्द्रिय सदस्य तुलसीराम सुनार,निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत, शान्ति समाजका सचिव अमृत शर्मा र सदस्य रञ्जन गौतम लगाएत स्थानियको सहभागिता रहेको थियो ।