सक्सेसमा गणित परियोजना प्रदशनी

तुलसीपुर, १९ भदौ । तुलसीपुर ९ बेलुवामा अवस्थित सप्तरङ्गि इङ्ग्लिश मिडियम स्कुलमा गणित परियोजना मेला सम्पन्न भएको छ ।  बिध्यालयका प्रधानाध्यापक प्रदिप वलीको अध्यक्षता तथा तुलसीपुर नगर प्याब्सनका अध्यक्ष गिरिराज डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कर्यक्रमको निर्णायक सदस्यमा मा वि दोघरेका गणित शिक्षक मेघराज पोख्रेल र शन्तिदिप इङ्लिश स्कुलका सह -प्रधानाध्यापक सरद देभकोटा रहेका थिए ।

कर्यक्रमका प्रमुख अतिथी डाँगीले बिध्यालयले हरेक क्रियाकलापहरुमा बिध्यार्थीहरुको सहभागिता गराउने भएकाले उक्त कार्यले बिध्यार्थीहरुको चौतर्फी विकासमा सहयोह पुगेको बताए ।


कार्यक्रममा  बिद्यालयका सहप्रधानाध्यापक गोपाल गिरीले गणित प्रदशनीले बिद्यार्थीहरुलाई गणित सिकाई प्रति आकर्षण बढाउन मद्दत पुग्ने बताए ।  गणित सिकाइलाई व्यबाहरिक प्रयोगसंग जोडनकोलागि  कार्यक्रम गरिएको प्रधानाध्यापक प्रदिप वलीले जानकारी दिए ।

गणित प्रदशनी कार्यक्रममा कक्षा ४ देखि कक्षा ७ सम्मका बिद्यार्थीहरुलाई भिन्न समुहमा बिभाजन गरि परियोजनाहरुको मुल्याङ्कण गरिएको थियो । कर्यक्रमको सहजीकरण बिध्यालयका शिक्षक नन्दु खरालले गरेका थिए ।