तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक महिला घाइते

दाङ, ३ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौरा नजिक मोटरसाइकल दुर्घटनामा हुँदा एक महिला घाइते भएकी छन्।

घाईते हुनेमा घोराही उपमहानगरपालिका–१५ भरतपुरकी ३१ वर्षीया सिता महरा घाइते रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।

अमेलियाबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ८ प ३५०४ नम्बरको मोटरसाइकल साँझ करिब ७ बजे अनियन्त्रित भई पल्टिँदा पछाडि सवार महरा घाइते भएकी छन्


दुर्घटनामा परी महराको टाउको, दुबै हात र खुट्टामा चोट लागेको छ। उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि घोराही रिफर गरिएको छ ।  उनको साथमा उपचारमा संलग्न अन्टी कमला थापा पनि रहेको जनाइएको छ।

मोटरसाइकल चालक घोराही–१३ निवासी ३३ वर्षीय प्रताप पोख्रेललाई ईलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ।  दुर्घटनापछि घटनास्थलमा प्रहरी चौकी उरहरीबाट प्रहरी निरीक्षक कृष्ण भण्डारीको कमाण्डमा तीन जनाको टोली खटिएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।