आज शनिबार तपाईको राशिफल

मिति २०८२ जेठ ३१ गते ।

मेष : दैनिक कार्यमा आत्मविश्वास बढ्नेछ। वैदेशिक सम्पर्क वा कागजी काममा सफलता मिल्न सक्छ। तर आक्रोशमा काम बिगार्ने सम्भावना भएकाले विवादबाट टाढा रहनु राम्रो। सवारीसाधन चलाउँदा सजग रहनुहोस्।

वृष : बृहस्पति अस्तको प्रभावले गुरुजन, अभिभावक वा वरिष्ठसँग मतभेद देखिन सक्छ। तर घर–परिवारमा आपसी समझदारी बढ्नेछ। फाटेका सम्बन्धहरू सुधार्ने अवसर पाउनुहुनेछ। धार्मिक वा दान पुण्य कार्यमा मन जानेछ ।

मिथुन : व्यापारिक यात्रामा सफलता मिल्ने सम्भावना बलियो छ। संचार, लेखन वा अनलाइन काममा उत्साहजनक प्रगति हुनेछ। यद्यपि खर्च बढ्न सक्छ, विवेकपूर्वक आर्थिक निर्णय गर्नुहोला।

कर्कट : काममा दवाब, घरमा उल्झन — मनले बिथोलिएजस्तो लाग्न सक्छ। अंगारक योगको प्रभावले अनावश्यक तनाव बढ्न सक्छ, ध्यान वा मौन अभ्यास उपयुक्त हुन्छ। साझतिर स्थिति सहज बन्नेछ।

सिंह : मंगल–केतुको अंगारक योग तपाईंको राशिमा भएकाले क्रोध, जिद्दी र विवादबाट टाढा रहनु आवश्यक छ। आत्मनिरीक्षणको समय हो। परिश्रम गर्दा सफलता पक्कै मिल्नेछ, तर हतार नगर्नुहोस्।

कन्या : विवादमा तानिने सम्भावना देखिन्छ, विशेषतः गुप्त शत्रु र छिपिएका समस्याहरू। नयाँ योजना तयार पार्न मन लाग्नेछ, तर तत्काल कार्यान्वयन नगर्नुहोस्। योग, साधना वा ध्यान उपयुक्त हुनेछ।


तुला : सहयोगी वा साथीहरूसँग सहकार्य बढ्नेछ। सामाजिक कार्य वा मञ्चमा बोल्न पाउनुहोला। मनोबल बढाउने समाचार पनि पाइने सम्भावना। पारिवारिक सम्बन्धमा सन्तुलन आवश्यक छ।

वृश्चिक : पेसागत जीवनमा चिन्ताजनक स्थिति आउन सक्छ। उच्चपदस्थ वा सरकारी काममा ढिलाइ हुन सक्छ। आत्मविश्वास कम हुँदा निर्णय चुक हुनसक्छ। संयमता अपनाउनु होला।

धनु : बाह्य यात्रा वा धार्मिक यात्राको सम्भावना प्रबल छ। गुरु ग्रह अस्त भए पनि शुभ कर्ममा लागेको ऊर्जा राम्रो फल दिनेछ। अध्ययन, लेखन र प्रशिक्षणका लागि दिन राम्रो।

मकर : दैनिक जीवनमा गहिरो भावनात्मक परिवर्तन देखिन सक्छ। मृत्युभाव, ऋण वा स्वास्थ्यसम्बन्धी विषयमा सजग रहनुहोस्। तर, यसै समयमा अध्यात्म र गम्भीर चिन्तनमा पनि चासो बढ्नेछ।

कुम्भ : पार्टनर वा जीवनसाथीसँग सम्बन्ध प्रगाढ बन्नेछ। यद्यपि शनि वक्री भएकाले निर्णय ढिलो हुन सक्छ। सन्तुलन कायम राख्न सक्नुभयो भने आजको दिन दीर्घकालीन लाभदायी बन्नेछ।

मीन : स्वास्थ्यमा सुधार आउनेछ। छोटो दूरीको यात्रा सफल हुनेछ। दैनिकीमा चंचलता आउन सक्छ, तर ऊर्जा र क्षमताको उपयोग गरेमा ठूला लक्ष्य तय गर्न सकिनेछ। नयाँ सहयोगी पाइने छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799