आज शुक्रबार तपाईको राशिफल

मिति २०८२ जेठ ३० गते ।

मेष : लाभको अवसर देखा पर्नेछ। कार्यमा साथ दिनेहरू सक्रिय हुनेछन्। पुराना प्रयासले आज फल दिन सक्छन्।सम्पर्क विस्तार र आत्मविश्वासका लागि शुभ दिन।

वृष : जिम्मेवारी बढ्न सक्छ, थकान पनि आउन सक्छ। तापनि तपाईको धैर्यले कामलाई गति दिनेछ।धनको निर्णयमा सावधानी अपनाउनुहोस्।

मिथुन : सुखद समाचार सुन्न पाइने दिन। अध्ययन, लेखन वा अध्यात्ममा चासो बढ्नेछ।यात्राको योजना बन्न सक्छ, मन हलुका हुनेछ।

कर्कट : आत्मसंसोधनको समय। खर्चमा नियन्त्रण राख्नुपर्ने दिन। केही आत्मीय कुरा मनमा उर्लिन सक्छ।आत्मिक चिन्तन लाभदायक हुनेछ।

सिंह : सहयोग र स्नेह पाउने दिन। मित्रता र सम्बन्धमा प्रगाढता आउनेछ।नयाँ योजना सुरु गर्न सकिने अनुकूल समय।

कन्या : जिम्मेवारीको घेरा बढ्नेछ। कार्यक्षेत्रमा स्थायित्वको संकेत छ। स्वास्थ्यमा अलिक ध्यान दिनुहोला।सजग भएर अघि बढ्दा सफलता टाढा छैन।


तुला : मन रमाउने वातावरण बन्नेछ। अध्ययन, सिर्जनशीलता वा प्रेमतर्फ आकर्षण देखिन्छ।आज कल्पनाशील काममा विशेष सफलता मिल्नेछ।

वृश्चिक : घरपरिवारको विषयमा विशेष ध्यान जानेछ। भावनात्मक कुरा मन छोनेछन्।सम्बन्ध सुधार र मेलमिलापका लागि उचित दिन रहेको छ ।

धनु : छोटो यात्रा वा भेटघाट लाभदायक बन्न सक्छ। भाइबहिनी वा नजिकका साथीबाट सहयोग मिल्नेछ।सञ्चारमा मिठास रहन दिनुहोस्।

मकर : धनसम्बन्धी निर्णयमा चातुर्यता आवश्यक हुनेछ। सम्मान प्राप्त हुने सम्भावना पनि प्रबल छ।धेरै बोल्नेभन्दा कामले देखाउने समय हो।

कुम्भ :  हिम्मत, आत्मबल र निर्णय क्षमताले दिनलाई उज्यालो बनाउनेछ।नयाँ कार्यको थालनीका लागि राम्रो समय छ ।

मीन : मन अलि द्विविधामा परे जस्तो लाग्न सक्छ। तापनि ध्यान र एकान्तले आत्मबल बढाउनेछ।शब्दभन्दा मौन प्रभावशाली बन्न सक्छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तुविद्
9848060799