
दाङ, १ चैत । दाङको घोराहीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–६ घर भई घोराही–१३ डुमरगाउँमा बस्दै आएका ३२ वर्षीय गमन घर्ती मगर रहेको प्रहरीले जनाएको छ ।
घर्ती र अर्का एक जना स्थानीयसहित घोराही–६ बबई नदीमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्न गएका थिए । सोही क्रममा घर्तिलाई करेन्ट लागेको थियो ।



घर्तीसँगै माछा मार्न गएका घोराही–१३ डुमरगाउँका ५० वर्षीय बीरबहादुर बुढालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लाइभदाङ । ३० फाल्गुन २०८१, शुक्रबार २१:४८ बजे