खानेपानी निर्वाचन : गठबन्धनलाई जिताउन एकीकृत समाजवादीको अपील

तुलसीपुर
१५ पुस / तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनकालागि ९ दलिय गठबन्धनका उम्मेदवारलाई जिताउनकालागि एकीकृत समाजवादी तुलसीपुरले सबै मतदातामा अपील गरेको छ ।

पार्टीका नगर सचिब दीपक कुमालले राजनीतिक सहमति अनुसार तुलसीपुर खानेपानीलाई नयाँ अभ्यासमा लिन खोजिएको भन्दै यो सकारात्मक पहललाई सबै मतदाताले अनुमोदन गर्न पनि अपिल गरेका हुन् । सामाजिक संघसंस्थामा राजनीतिक सहमतिले सकारात्मक प्रभाब पार्ने समेत बताए ।

उनले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई गाउँ–गाउँ तथा टोल टोलमा गठबन्धनका पक्षमा प्रचार अभियानमा लाग्न समेत अनुरोध गरेका छन् ।


९ दलिय सहमती अनुसार साझा अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी,उपाध्यक्ष पदका उम्मेदवार सिताराम शर्मा आचार्य,सचिव पदका उम्मेदवार सेवकराम भण्डारी, कोषाध्यक्ष पदका उम्मेदवार भद्र बहादुर वली र खुल्ला सदस्य पदका उम्मेदवारद्वय पदमबहादुर खड्का र लक्ष्मण केसी रहेका छन् ।