
तुलसीपुर, २७ जेठ । दाङको तुलसीपुरबाट छुट्ने लामो दुरीका सवारी चालकहरुको निःशुल्क स्वास्थ्य जाँज गरिएको छ । मधुमेह, उच्च रक्तचाप, मानसिक स्वास्थ्यलगायत जाँच गरिएको थियो ।
जसमा उच्च रक्तचापका ७ जना, २ जना नियमित औषधी सेवन गरिरहेका र ४ जना नयाँ गरी ६ जनामा मधुमेह, ३९ जनामा तौल धेरै भएको, अत्यधिक तौल भएका ४ जना, युरिनमा प्रोटिनको मात्रा धेरै देखिनेमा २९ जना रहेका थिए ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा जिल्ला खोप समन्वय समिति दाङका अध्यक्ष एवम जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि शर्माले यस्तो स्क्रिनिङ कार्यक्रम सवारी चालकहरुका लागि समयसमयमा आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताए । आफ्नो स्वास्थ्य अवस्था बारे जानकारी लिने र केही समस्या देखिए समयमै सजक हुन सहयोग पुग्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको सहकार्यमा गरिएको नसर्ने रोगको स्क्रिनिङ शिविरमा ५२ जना सवारी चालकहरुको स्वाथ्य जाँच गरिएको छ ।



लाइभदाङ । २८ जेष्ठ २०८२, मंगलवार २२:४८ बजे